रेस्टुरेन्ट खबर

‘फो ९९ रेष्टुरेन्ट’ छोटो समयमा ग्राहकको मन जित्न सफल

३ पुष २०८०, मंगलवार १२:२८

काठमाडौंको लाजिम्पाटमा रहेको ‘फो ९९ रेष्टुरेन्ट’ छोटो समयमा ग्राहकको मन जित्न सफल भएको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि भियतनामी परिकारका पारखीलाई लक्षित गर्दै खोलिएको रेष्टुरेन्टले नेपालका खानाका स्वाद प्रेमीलाई निकै आकर्षित गरेको हो ।

नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको पारखीले बताए । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेष्टुरेन्ट पारखी नेपालीहरुलाई स्वस्थ खाना खुवाउन फो ९९ अझै सफल हुने विश्वास छ ।

रेष्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुराहरू सामान्यतया ताजा जडीबुटीहरू जस्तै सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसीले तयार पारिन्छन् । प्रायः माछाको चटनी, झिंगेमाछा ९प्राउन०को पेस्ट वा सोयाबिन ससको साथमा ग्राहकसमक्ष सर्भ गरिन्छ । भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्जनमध्ये मानिन्छ ।