पर्यटन खबर

नेपालको पाँच तारे होटलको एक दिनको मुल्य कति?

१५ चैत्र २०८०, बिहीबार ०७:२०

काठमाडौँ। धेरैलाइ चासो हुन सक्छ नेपालको पाँच तारे होटलमा एकरातको कति रकम तिर्नुपर्छ ? तर तपाइ हामीले सोचे जस्तो महंगो भने छैन।

नेपालको पछिल्लो समय पाँच तारे होटल क्रम समेत बढेको छ । हाल नेपालमा १० वटा पाँच तारे होटल रहेको भएपनि दुईवटा बन्द रहेको छ । नेपाल भ्रमणमा आउने पर्यटक मध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटलमै हुने गरेको छ । पछिल्लो समय नेपालीहरु पनि कार्यक्रमहरु पाँच तारे होटलमा बढी गर्ने गरेका छन् । सुविधा सम्पन्न पाँच तारे होटलमा एक रातको कति मूल्य पर्छ भन्ने चासो सवैमा हुने गरेको छ ।

तारे होटेल खोल्ने विषय जति शान र लगानीका हिसावले आकर्षक मानिन्छ । होटलमा गएर बस्न अझ त्यो भन्दा बढी शान मिल्छ । किन भने सुविधा सम्पन्न होटेलमा बस्न निकै खर्च लाग्छ ।

राजधानीको मुटुमा अवस्थित सबै सेवा सुविधा सम्पन्न उक्त होटल पर्यटकले सधै भरिभराउ हुनुका साथै विभिन्न कार्यक्रम पनि हुने गर्दछ । उक्त होटलमा २ वटा ४६ वटा कोठामा सोही बराबरका बेड रहेको छ । २०७०÷११÷१२ गते पछिल्लो नवीकरण गरीको उक्त होटलमा ३ सय ५ जना कर्मचारी रहेका छन् ।

छायाँदेबी कम्प्लेक्स.(होटल अलफ्ट)

छायाँदेबी कम्प्लेक्स ठमेलमा रहेको छ ।  होटल अलफ्टको कुल पूँजी ५ अर्ब रहेको छ । यस कम्प्लेक्समा १ सय ६७ वटा कोठामा २ सय १६ वटा बेडहरू रहेका छन् ।

होटल मेरियट

नक्सालमा रहेको होटल एभरेष्ट हस्पिटालिटी एण्ड होटल. (होटल मेरियट काठमाडौं) पाँच तारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब ६६ करोड ६० लाख रहेको छ । होटल मेरियटमा २ सय १४ कोठा र ३ सय ४४ वटा बेड रहेका छन् भने ३ सय कर्मचारी रहेका छन् ।

टाईगरवान होटल 

टाईगरवान होटल कोटिहवा रुपन्देहीमा रहेको छ । रुपन्देहीमा रहेको यो एक मात्र पाँच तारे होटर हो । उक्त होटलमा १ सयभन्दा बढी कोठा संख्या रहेका छन् ।

होटल सेन्ट्रल प्लाजा 

होटल सेन्ट्रल प्लाजा कोहलपुरमा रहेको छ । उक्त होटलको कुल पूँजी ६० करोड रहेको छ । यस होटलमा ८० वटा कोठा र ९९ वटा बेड रहेका छन् ।

होटल ग्रान्ड पोखरा

होटल ग्रान्ड पोखराको रहेको एकमात्र पाँच तारे होटल हो । फूलबारी रिसार्ट बन्द भएपछि पोखरामा एउटा मात्रै पाँच तारे होटल रहेको छ । काठमाडौंको पाँच तारे होटलभन्दा केही सस्तो रहेपनि सुविधाका हिसावले पर्यटक लोभ्याउने होटलको अग्रपक्तिमा आउँछ ।

सोल्टी शिवक्रिम होटल

सोल्टी शिवक्रिम होटल तथा रिसोर्टस नेपालगन्ज १९,बाँके मा रहेको छ । यो नेपालगञ्जको सोल्टी हस्पिटालिटी समेत रहेको एक मात्र पाँचतारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब रहेको छ । ८० वटा कोठा रहेको उक्त होटलमा ९९ वटा बेड रहेका छन् ।