ट्रेन्डिङ

होटेल याक एण्ड यती विक्री गर्न लागिएको होइन: व्यवस्थापक

२२ भाद्र २०८१, आईतवार ०२:४४

काठमाडौं । दरबारमार्गस्थित पूरानो होटल याक एण्ड यती विगत छ वर्षदेखि नवीकरण भएको छैन् । २०६० चैत ६ मा स्तर बर्गीकरण गरी सञ्चालनमा आएको यो होटल २०७५ देखि नवीकरण नभएको पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलले बताए ।

होटल बिक्री गर्ने कुनै तयारी र योजना नरहेको भन्दै याक एन्ड यती व्यवस्थापनले कपोपलकल्पित सामग्री प्रकाशन प्रसारण नगर्न आमसञ्चारजगतलाई आग्रह पनि गरेको छ ।  काठमाडौँको प्राइम लोकेसनमा रहेको १०० वर्षभन्दा पुरानो दरबारमा सञ्चालित होटल विक्री गर्न लागिएको भनेर सार्वजनिक तथ्य नभएको व्यवस्थापकले जनाएको हो।

होटेलका एक सञ्चालकले भने,’होटेल विक्री गर्न लागिएको भने आएका सूचनामा सत्यता छैन। होटेललाई नियमित अवस्थामा चलाउन तयारी गरेका छौं।’

करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटेल ३० अर्बमा विक्री गर्न लागिएको हल्ला फैलिएपछि त्यसको खण्डन गर्दै व्यवस्थापकले हल्लामा सत्यता नभएको जनाएका हुन्।

पाँच तारे डिलक्स लक्जरी सम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर टाढा, नेपालको प्रसिद्ध पर्यटकीय केन्द्र ठमेलबाट करिब एक किलोमिटर टाढा छ । १९७७ सेप्टेम्बर २७ तारिखमा याक एण्ड यती १२० कोठासहित पाँच तारे होटलको रूपमा खोलिएको थियो । पुरानो लालदरबारको वास्तुशिल्पसँग मेल खाँदै थप १५० कोठाको नयाँ पङ्क्ति निर्माण गरी कोठाको कुल संख्या २७० पुगेको छ ।