© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड(आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ।
भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रूपमा स्थापित हुने आईएचसिएलले जनाएको छ । भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटेलका रूपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताइन् ।
‘देशको प्रमुख शहरी केन्द्रहरूमध्यको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो। भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो। यस अवधिमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन्।’
भिभान्ता चितवनमा अतिथीहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूमहरू छन्। यी प्रत्येक रूमहरू सुन्दर ढङ्गले सुसज्जित छन्। भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृश्य हेर्न सक्नेछन्।
त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङपुल रहेको छ, जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृश्य देख्न सकिन्छ। होटलमा २४०० वर्ग फुटको सभाहल छ र बिजनेस सेन्टर समेत रहेका छन्।
भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृष्य हेर्न सक्नुहुनेछ । साथै, पाहुनाहरूले होटलको मिन्टमा डिनरसहित विभिन्न खानाको स्वाद लिन सक्नुहुनेछ भने होटलको बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाउनुहुनेछ ।
त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङ पुल रहेको छ जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृष्य देख्न सकिन्छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । र, बिजनेस सेन्टर समेत रहेका छन् ।
नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यवसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । सो अवसरमा बोल्दै सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
“भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौँ र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ” चौधरीले भने ।
इन्डियन सव कन्टीनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारी र नेपालमा मेघौली सेराई सञ्चालनमा छन् ।
नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुखा व्यावसायिक केन्द्रको रूपमा परिचित छ। ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मकाविविधअनुभवदिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।