पोखरा । वडा प्रहरी कार्यालय बैदामले अदालतको आदेश भन्दै प्रहरीलाई धम्की दिने एक रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ३०, लेखनाथ घर भएका ३१ वर्षीय निर्मल गौतम छन् । गौतमले लेकसाइड ओजन गल्लीमा ‘बिर्यानी फास्ट फुड रेस्टुरेन्ट’ चलाउँदै आएका थिए ।
सो क्रममा प्रहरी पुगेर सम्झाइबुझाई गर्दा सञ्चालक गौतमले उल्टै प्रहरीलाई धम्क्याएका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाइएको प्रहरीले जनाएको छ । गौतमबिरुद्ध जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसूरमा १० दिन म्याद लिएर कार्वाही प्रकृया अघि बढाइएको छ ।