बुटिक खबर

कुपण्डोल हाइटको होटल कुटुम्बका खास केही विशेषता

३ पुष २०८०, मंगलवार ११:३९

ललितपुर । ललितपुरको कुपण्डोल हाइटमा एक वर्षदेखि सञ्चालनमा आएको होटल कुटुम्बका खास केही विशेषता छ । नेपाली मौलिकतालाई विशेष स्थान दिएको बुटिक होटलका रूपमा रहेको होटल कुटुम्बका प्रवन्ध निर्देशक हुन् सञ्जय पराजुलीले बताए ।

२० वर्षअघिदेखि पर्यटन व्यवसायमा संलग्न पराजुलीको धेरै अघिदेखिको एउटा सपना थियो, काठमाडौँमा पर्यटकका लागि सुविधा सम्पन्न बुटिक होटल सञ्चालन गर्ने ।

आफ्नै पुख्र्यौली जग्गामा उनले २०७१ सालमा होटलको जग हाले । ५ करोड लगानीमा ४ वर्ष लगाएर निर्माण सम्पन्न भएको होटल कुटुम्ब केही वर्षदेखि सञ्चालनमा छ ।

पर्यटकीय ऐतिहासिक नगरी पाटन क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरी होटल खोल्ने आफ्नो धेरै वर्र्षअघिको सपना साकार पारेको पराजुलीले बताए ।

नेपाली मौलिकतालाई चिनाउने हिसाबले होटल निर्माण उनले गरेका छन् । होटलमा नेपालमा उत्पादन भएका फर्निचरका सामानका साथै मौलिकता झल्काउने चित्रकला, हस्तकलाका कलात्मक वस्तुहरु राखिएको छ ।