© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। अहिले मान्छेलाई फेसनेबल कपडा लगाउने रहर हुन्छ । अरु भन्दा केहि फरक अरुलाई आफूतिर आकर्षण गर्ने रहर जो कोहीको हुन्छ । अहिले मानिसहरू स्मार्ट र सुन्दर देखिन चाहन्छन् ।
त्यसैले पहिरनका शोरुमहरूमा पनि विविधता देखा पर्दैछन्। पहिरनका शोरुममा पनि क्याजुअल अर्थात् रेडिमेड तथा डिजाइनर वेयरहरू छ्यापछ्याप्ती छन् । यसलाई बुटिक राम्रो माध्यम हुन सक्छ, किनकि यहाँ फेसन डिजाइनर बसेको हुन्छ । उसले मानिसको हाइट, मोटाइ, शरीरिक डिजाइन सबै हेरेर उसैको रोजाइअनुसारको कपडा तयार गर्छ ।
अहिले रेडिमेड पहिरन टिनएजहरूप्रति लक्षित छन् । पहिरन डिजाइन गरिएको पाइन्छ । किन ‘यो उमेर भनेको आफूले चाहेको खर्च गर्न तथा शरीरलाई सुहाउँदो किसिमको पहिरन डिजाइन गराउन सक्ने उमेर हो।’ पौराणिक कालदेखि नै मानिसहरूले नयाँ–नयाँ डिजाइनको चाहना राख्दै आएको पाइन्छ ।
कुनै समय सम्भ्रान्त परिवारका सदस्यले मात्र प्रयोग गर्दै आएका बुटिकका डिजाइनर पहिरन अहिले सर्वसाधारणहरूको रोजाइमा समेत पर्न थालेका छन् । बढ्दो आधुनिकता एवं सहरीकरणले गर्दा मुलुकभर बुटिक व्यवसाय फस्टाउँदै गएको छ । बढ्दो प्रतिस्पर्धाले बुटिकमा पनि आम उपभोक्ताको पहुँच सहज र सस्तो बनाएको छ । शरीर सुहाउँदो पहिरन तयार गरिने हुँदा पनि बुटिक नै धेरैको रोजाइमा छ।
लेङ्गा, कुर्ता सुरुवाल, साडी आदीमा आकर्षक बुट्टा भरेर अमेरिका, बेल्जियम, अष्ट्रेलिया, हङकङ जस्ता देशहरुमा बस्दै आएका बिदेशी महिलाहरुको मन जित्न सफल भएको छ । बुटिकका विभिन्न पहिरनहरु स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका कलाकारहरुले विभिन्न कार्यक्रमहरुमा समेत लगाएका हुन्छन ।
उपत्यकामा सानाठूला बुटिकको संख्या ४ सयभन्दा बढी भएको बताइन्छ। यसैमा आफनो भविष्य खोज्ने नयाँ पुस्तालाई समेत तालीम दिँदै आएका छन ।