© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । काठमाडौंको बालुवाटारमा निर्माण भएको ‘लक्जरियस’ बुटिक होटल ‘वर्णवास’ आज बिहीबारबाट सञ्चालनमा आएको छ ।
विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पाले बिहीबार होटलको उदघाटन गरे । पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाइँको यो होटल पाँच तारे अनुमति लिने जानकारी दिए । उनले भने, ‘होटलको सफ्ट ओपनिङ यसअघि नै गरिसके पनि आजबाट औपचारिक उद्घाटन गरि पूर्ण रुपमा सञ्चालनमा ल्याएका हो ।’
पर्यटन व्यवसायी राजेन्द्र बजगाईंको १ अर्ब १६ करोड लगानीमा निर्माण भइरहेको होटल हिजोदेखि सञ्चालनमा आएको छ । संरचना सकेर इन्टेरियरको काम सुरु भएको होटललाई बजगाईंले वर्णवास म्युजियम होटलमा परिणत गराउन लागिपरेका छन् ।
‘वर्णवास’ होटलमा ४८ कोठा छन् । एक अर्ब १६ करोड लगानीमा निर्माण भएको जनाइएको यो होटल करिब दुई रोपनी क्षेत्रफलमा रहेको छ । साढे ९ तल्लाको लक्जरी बुटिक होटलमा १८ प्राइभेट ज्याकुजी छन् ।
लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध भएका व्यवसायी बजगाईंले नयाँ सोच र अवधारणाका साथ ५ तारे बराबरको सेवासुविधाकै स्तरमा होटल निर्माण गरेका छन् । लक्जरियस होटलमा उनले नेपालको रैथाने कला संस्कृति र जातजातीहरुको पहिचान झल्कने गरी सजावटलाई पनि तीव्रता दिएका छन् ।
सुविधासम्पन्न र लक्जरियस होटल तथा रिसोर्टको भीडमा नयाँपन दिन खोजेका उनै बजगाईंले करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरियस बुटिक निर्माण गरिरहेका हुन् ।