© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
भक्तपुर । भक्तपुरको दरबार क्षेत्र नजिकै करिब एक सय वर्ष पुराना अग्राख सालका काठ प्रयोग गरेर बुटिक होटल सञ्चालनमा ल्याइएको छ।
विगत एक दशक देखि पर्यटन व्यवसायमा संग्लग्न सुरेन्द्र प्रजापतिले करिब ८ करोड रूपैयाँ लागानी गरेर भक्तपुर दरबार क्षेत्रस्थित खौमा चोकमा ईन्द्रायणी बुटिक होटल एण्ड क्याफे सञ्चालनमा ल्याएका हुन्।
भक्तपुरको मुटु मानिने खौमा क्षेत्रमा ५ आना क्षेत्रफलमा रहेको होटलमा १९ वटा रूम रहेको पर्यटन व्यवसायी एवं सञ्चालक प्रजापतिले बताए।
प्रजापतिका अनुसार होटलमा ४० जना क्षमता रहेको सेमिनार हल, रेष्टुरेष्ट, बार, रूपटप गार्डेन छन्। कोराना समाप्त भए लगत्तै होटल पूर्ण रूपमा सञ्चालनमा आएको हो’ सञ्चालक प्रजापतीले जानकारी दिए।