© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँच तारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँच तारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् ।
भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन्सेस) र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास म्युजियम बुटिक होटल बुटिक लग्जरी पाँचतारेमा वर्गीकरणमा परेको छ।
यससँगै पाँचतारे स्तरको बुटिक लग्जरी होटलको सङ्ख्या तीन पुगेको छ । यस वर्गमा यसअघि द्वारिकाज र बसेरा बुटिक होटल थिए । चेन होटल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटल फरेष्टइन, बुढानिलकण्ठ हेरिटेजलगायत होटल पाँचतारे वर्गीकरणको प्रक्रियामा रहेको विभागले जनाएको छ ।
विभागले पर्यटन ऐन–२०३५, होटेल, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली २०३८ र पर्यटन उद्योग सेवाप्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारे डिलक्स र पाँच तारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमित रुपमा अद्यावधिक गरेको हो ।