© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले चार तारे होटल स्तरको मान्यता पाएको छ।
यससँगै नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँच तारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँच तारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् ।
लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ।
२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट गरी ८४ वटा रूम छन्। साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ। सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ।
त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले चार तारा स्तरको मान्यता पाएसँगै व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको छ।