© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाण्डौं । ठमेलको ज्याठामा रहेको कान्तिपुर टेम्पल हाउस । सन् १९९८ मा स्थापना भएको बुटिक होटल हो कान्तिपुर टेम्पल हाउस । होटलमा प्रयोग गरिएका अधिकांश सामग्री नेपालमै बनेका छन् ।
दैनिक प्रयोगका लागि पानी, तेल र अन्य खानेकुराका लागि स्टील तथा टिनको प्रयोग बढाइएको छ भने खान्कीमा प्रयोग गर्ने तरकारीजन्य सामग्री आफ्नै फार्मबाट ल्याउने गरेको छ ।
होटलले प्लास्टिकका सामान प्रयोग नगर्ने नीति लिएको छ । होटलको निर्माण शैली परम्परागत रहेको छ । ठमेलको ज्याठामा रहेको कान्तिपुर टेम्पल हाउसमा नेपाली खानाका साथै भारतीय, चिनियाँ र थाइ खानाका परिकार पाइन्छन् ।
होटलले दिउँसो सोलार बत्ती र राति सिटी लाइट बाल्ने गरेको छ । होटलको एक दिनको खर्च करिब ९० देखि १४० डलरसम्म तोकिएको छ । अर्थात् एक दिनको करिब १० हजार रुपैयाँ खर्च हुन्छ ।