बुटिक खबर

भक्तपुरको सूर्यविनायकमा अर्को सुविधा सम्पन्न बुटिक होटल हो, होटल भादगाउँ

२७ मंसिर २०८०, बुधबार १३:३०

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रहेको अर्को सुविधा सम्पन्न बुटिक होटल हो, होटल भादगाउँ । सन् २०२१ मा निर्माण भएको यो होटल आधुनिक र परम्परागत गरी मिश्रित शैलीमा निर्माण गरिएको छ । होटलका सञ्चालक नेहल राजभण्डारी आफूले होटल आधुनिक र परम्परागत शैलीको मिश्रण गरी फ्युजन शैलीमा निर्माण गरेको बताउँछन् ।

बुटिक होटलको मापदण्ड होटल भादगाँउमा छुटेको छैन् । आगमनस्थल देखि नै होटल भादगाँउमा परम्परागत शैलीको झल्को देख्न पाइने राजभण्डारीले बताए ।

सात रोपनीमा फैलिएको होटलमा भक्तपुरकै मौलिकता झल्काउने पुराना काठ प्रयोग भएका छन् । तर कोठा भने आधुनिक र परम्परागत शैली मिश्रण गरी निर्माण गरिएका छन् । होटलको बाहिरी लबी काठ र इँटाले सजाइएको छ ।

५० कोठा भएको भादगाउँमा नेपाली खानाका परिकारका साथै नर्थ इण्डियन, कन्टिनेन्टल खाना पाइन्छन् । होटलमा बगैंचाका साथै स्वीमिङ पुल, बार, सभा सम्मेलन तथा पार्टीका लागि हल तथा व्यायामशाला समेत रहेका छन् ।

होटलको रुम चार्ज नेपालीलाई ६ हजारदेखि सुरु भएर २० हजार रुपैयाँसम्म लाग्छ भने विदेशीलाई २ सय ५० डलर अर्थात् ३० हजारसम्मका कोठा उपलब्ध छन् ।
यो बुटिक होटलमा जस्तोसुकै पार्टी पनि गर्न सकिन्छ ।