© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। दरबारमार्गमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दुई करोड रुपैयाँ लागतको नयाँ मल्टी कुजिन रेष्टुरेण्ट रेगल फ्लेवर्स संचालनमा आएको हो। आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गर्दै रेष्टुरेन्ट सञ्चालनमा आएको हो।
यहाँ चिनियाँ, इटालियन, भारतीय, नेपाली, कन्टिनेन्टल अन्तर्गत ३०० प्रकारका परिकारको स्वाद लिन सकिने संचालक रेवन्तकुमार क्षेत्रीले बताए।
‘मल्टीकुजिन स्वादका पारखी र नेपाल भ्रमणमा आउने पर्यटकलाई ध्यानमा राखेर रेगल फ्लेवर्स सुरु गरेका हौं,’ उनले भने, ‘स्वास्थ्य र गुणस्तरयुक्त परिकार स्वाद पस्किन सुरु गरेका छौं।’
अन्नपूर्ण आर्केडस्थित २५ सय स्क्वायर फीट क्षेत्रफलमा रहेको यो रेष्टुरेण्टमा एकैपटकमा एक सय जनाले खानपिनको सेवा लिन सक्ने उनले बताए। रेष्टुरेण्टले निःशुल्क पार्किङको व्यवस्था गरेको छ।