© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
‘अमिगो फुड ट्रक’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सुदिप घिमिरे र गणेश कार्की मिलेर गाडी भित्र रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
‘अमिगो फुड ट्रक’ नाम दिएको यो रेस्टुरेन्ट बसमा सेट गरिएको छ । गाडी झैँ एक स्थानबाट अर्को स्थानमा लैजाने सुविधा समेत छ । बस भित्र नै भान्सा घर, धारा, टेबल र रात बिताउने समेत व्यवस्था छ ।
सुविधा सम्पन्न रेष्टुरेन्टमा झैँ यसमा रुफ टपको समेत व्यवस्था छ । गाडीको छतलाई व्यवस्थित बनाएर रुफ टप निर्माण गरिएको छ । रुफटपका लागि भेन्टिलेटरबाट भर्यांगको व्यवस्था गरिएको छ । गाडी गुड्ने समयमा भने रुफटप फोल्ड गरिने सञ्चालकले बताए । बस्नका लागि बसका सिट झिकेर सुविधा सम्पन्न कुर्सीको व्यवस्था गरिएको छ ।
नाइट आउटका लागि समेत यो बस प्रयोग गरीने भएकाले २० जना सम्म सुत्न मिल्ने गरि व्यवस्थापन गरिएको छ । रातको तथा जङ्गलमा जानुपर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै सोलार जोएको छ ।
उत्सव हेरेर झिलिमिली बत्तीको व्यवस्थापन समेत भैसकेको छ । जन्मदिन, भेटघाट, पिकनिक लगायत सानो सङ्ख्यामा गरिने कार्यक्रमका लागि सहर भन्दा केही पर पुगेर आनन्द लिन यो रेष्टुरेन्ट उपयोगी देखिएको छ ।