© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
कावासोती । जटायु रेष्टुरेन्ट अहिले पर्यटनको गन्तव्यसँगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास हुँदै गएको छ । लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१३ पिठौलीमा स्थापना गरिएको हो ।
पाँच वर्ष यता जैविक विविधता, पर्यटन एवम् वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, गिद्धका प्रजाति, गिद्धको जीवनशैली र वासस्थानका विषयमा अध्ययन गर्न आउने गरेका जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवम् चराविज्ञ डीबी चौधरीले बताए ।
अहिले गिद्ध घुम्ने सिजन भएकाले पनि गिद्ध जटायु रेष्टुरेन्टमा गिद्धको सङ्ख्या बढ्दैगएको छ भने गिद्धलाई चाहिने आहार विहारको पनि यहाँ राम्रो व्यवस्थापन भएकाले पनि हरेक वर्षको वैशाख–जेठमा धेरै गिद्ध यहाँ आउने गरेको चौधरीले बताए ।