© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौंको । काठमाडौंको लाजिम्पाटमा विश्व प्रसिद्ध फिल्ली क्याफे सञ्चालनमा आएको छ । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिले फिल्ली क्याफे नेपाल आउटलेटको सुरु गरेको हो ।
आगामी पाँच वर्षभित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको एनडी थर्टी नाइन बिजनेस ग्रुपका संचालक ध्रुव रिजाल र नवीन खड्काले जानकारी दिए ।
फिल्ली क्याफेका आउटलेटहरू यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत, मौरिससलगायतका देशमा सञ्चालित छन् ।
फिल्ली यसको सिग्नेचर ’जाफ्रान टी’को लागि परिचित छ, जुन केसरको साथमा चियाको मिश्रण हो ।