© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। शेर्पा मलमा रहेको चर्चित क्याफे ‘हार्ड रक’मा अमेरिकी प्रसिद्ध मेनु, कक्टेल्स उपलब्ध छ। हार्ड रकको मुख्य आकर्षण बर्गर रहेको छ ।
बर्गरमा पनि चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको समेत पाइने गर्छ। यससँगै स्टेक सस उपलब्ध हुन्छ। विश्वभरका हार्ड रक क्याफेले एकसाथ ‘मेस्सी किड्स बर्गर’ आफ्नो मेनुमा समावेश गरेको हो ।
विख्यात फुटबलर लियोनल मेस्सी हार्ड रक इन्टरनेशनलको ग्लोबल एम्बेसडर हुन् । उनैको नामबाट हार्ड रकले पहिलो पटक मेस्सी मेनु ‘द हार्ड रक मेस्सी किड्स’ समावेश गरेको हो ।
विश्वभरका हार्ड रक क्याफे, होटल र क्यासिनोमा ‘किड्स बर्गर’ उपलब्ध भएसँगै दरबारमार्गस्थित क्याफेले पनि यसलाई सार्वजनिक गरेको हो । भनिहालौं, हार्ड रक क्याफे अन्तर्राष्ट्रिय फ्रेन्चाइज हो, जसको स्थापना अमेरिकामा भएको थियो । ५२ बर्षअघि सुरु भएको यस क्याफे अहिले विश्वका थुप्रै मुलुकमा विस्तार भएको छ । काठमाडौं, दरबारमार्गस्थित यो क्याफे त्यसैको सिलसिला हो ।
यतिमात्र होइन, स्यान्डविच, पोलेको मासु तथा भुटेको तारेका कुखुराको मासु। मेनुको अर्को आकर्षण डेनमार्कबाट झिकाइने बंगुरको परिकार।
चाखिहालूँ लाग्ने यी परिकार अब दरबारमार्गमा खुल्न लागेको ‘हार्ड रक क्याफे’मा पाइने भएको छ। काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा ‘हार्ड रक क्याफे’ खुल्ने भएको हो।
यसैगरी मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ ।
साथै स्यान्डविच, पोलेको मासु तथा भुटेको तारेका कुखुराको मासु समेत पाइनेछ । मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बंगुरको परिकार हुनेछ जुन खास गरेर डेनमार्कबाट झिकाइने बताइएको छ ।
त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुइँकटहरको जुस तथा चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बुजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको समेत पाइनेछ । क्याफेमा हाल एक सय जना कामदारहरु रहनेछन् ।