क्याफे खबर

धरानमा ‘हाना क्याफे’ सञ्चालनमा

२७ मंसिर २०८०, बुधबार १४:३५

धरान । धरानमा ‘हाना क्याफे’ सञ्चालनमा आएको छ । उपमहानगरपालिका ८ स्थित भोटेपुल ‘हाना क्याफे’ सञ्चालनमा आएको हो ।

११ वर्ष कोरिया बसेर फर्किएका समिक राई र ५ वर्ष कोरिया बसेर फर्किएका रुपन मगरले सञ्चालनमा ल्याएका हुन् । क्याफेमा कोरियन परिकारसँगै बबल टि, चाउमिन, मःम लगायतका खाजा आईटम पाईने बताइएको छ ।

क्याफेमा एक पटकमा ४० जना बस्न मिल्ने व्यवस्था छ । भोटपुल स्थित होटल गजुर प्यालेस नजिकै खुलेको क्याफेमा केही दिनका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालन राईले जानकारी दिए