© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
नवलपुरको गैँडाकोट नगरपालिकामा ‘नारायणी बिच रिसोर्ट’ खुलेको छ । नारायणगढपारि कुसुमघाटको नारायणी किनारमा समुद्रको झल्को दिने रिसोर्ट सञ्चालनमा आएको हो । भोटेकोसी किनारमा ‘सुकुटे बिच रिसोर्ट’ सञ्चालन गरिरहेका महेन्द्रसिंह थापाले गैँडाकोटमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका पूर्वअध्यक्ष समेत रहेका उनले गैँडाकोटमा पर्यटनको सम्भवना देखेर रिसोर्ट खोलेको बताए ।
६ कट्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा २१ कोठा सञ्चालनमा आइसकेको र सात वटा कोठा थपिने क्रममा रहेको थापाले बताए । विदेशको सामुद्रिक किनारकै झल्को दिने गरी रिसोर्ट र त्यस्तै सेवा दिनेछौँ,’ उनले भने । ‘हामीले पाहुनालाई जेट स्काइज र जेट बोटबाट समुद्रमा जस्तै नारायणी नदीमा जलयात्रा गराउँछौँ ।’ अहिले पनि जेट बोट चढेर नारायणीमा रिसोर्टबाट देवघाट पुगेर रिसोर्टमै फर्किन सकिन्छ ।
रिसोर्ट, जेट स्काइज, जेट बोटलगायतका पूर्वाधारमा २० करोड रुपैयाँभन्दा बढी लगानी हुने बताइएको छ । १५ करोड खर्च भइसकेको छ, अझै आधुनिक प्रविधियुक्त जेट स्काइज र जेट बोट थप्दै छौँ,’ उनले भने, ‘हामीले थाइल्यान्डको सामुद्रिक मज्जा स्वदेशकै नारायणी नदीमा उपलब्ध गराउन खोजेका हौँ उनले भने ।’