© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। चितवन भिलेज रिसोर्ट चाइनिज तथा भारतीय पाहुनाको लागि खानपिनको व्यवस्था गरिन्छ । नेपाली पाहुना विदेशीजस्तै खर्च गर्न हिचकिचाउँदैनन् । नेपालीले भने थकाली सेट बढी रुचाउँछन् ।
नेपाली खाना विदेशीहरूलाई चितवनका पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा रिसोर्ट खुल्ने क्रम बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै चितवन भिलेज रिसोर्ट खोलेको हो ।
चितवन चिनाउने पहिलो आधार चितवन राष्ट्रिय निकुञ्ज हो जहाँ एक सिंगे गैंडा, बाघ, चितुवा, हात्ती, मृग, भालु, गौरीगाई, मयूर आदि दुर्लभ वन्यजन्तुहरू पाइन्छन् । यिनै वन्यजन्तुलाई मध्यनजर गर्दै निकुञ्ज छेउछाउमा रिसोर्ट खोल्ने प्रतिस्पर्धा चल्न थालेको छ । त्यसमा पनि अधिकांशको रोजाइ सौराहा बन्ने गरेको छ ।
यो रिसोर्ट राप्ती नदीको छेउमा छ। राष्ट्रिय निकुञ्जको जंगल सफारी क्षेत्रबाट तीन सय मिटर दुरीमा रहेको यो रिसोर्टमा प्याकेज अथवा बेड/ब्रेकफास्टमा बस्न सकिन्छ। प्याकेज लिएर बस्ने हो भने प्रतिव्यक्ति १५ हजार रूपैयाँसम्म पर्छ। प्याकेज नलिई बस्दा तीन हजारदेखि तीन हजार पाँच सय रूपैयाँसम्म बस्न पाइन्छ।
खानपिन आदि सहितको प्याकेजमा एक रातको ३ हजारदेखि ३ हजार ५ सयसम्म पर्छ । नयाँ वर्ष तथा क्रिसमसमा यहाँ विशेष भीड लाग्छ । त्यतिबेला होटल तथा रेस्टुराँ संचालकले छुटको समेत व्यवस्था गर्छन् । होटलहरूले पनि पाहुनाको चाहनाअनुसार सेवा–सुविधा थप्दै लगेका छन् । पहिले होटल मात्र खुल्थे, बास बसाउने मात्र ध्याउन्न हुन्थ्यो । अहिले होटलको संख्या बढ्दै गएपछि सुविधा पनि थपिँदै लगिएको छ ।