© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ । कक्षा १२ सम्मको अध्ययन सकेपछि काठमाडौंकी सन्दीपा तामाङले इन्टेरियर डिजाइनिङ पढ्ने निर्णय लिइन् । त्यसमा उनका केही साथीहरूले पनि रुचि देखाए ।
इन्टेरियर डिजाइनमा सिर्जनात्मक क्षमता रोजगारीका लागि सहज हुने र आफैंले पनि सामान्य लगानीमा व्यवसाय गर्न सकिने बुझेपछि भने उनीहरूको ब्याचमा आईईसी कलेज अफ आर्ट एन्ड फेसन आईईसीमा ‘बीए इन इन्टेरियर आर्किटेक्चर’ कोर्समा भर्ना भए । अध्ययनअघि बुझ्दा सामान्य र सहज रूपमा लिएका उनीहरूलाई यो कोर्स पढ्दै जाँदा भने नौलो र असहज पनि लाग्यो । व्यवस्थापनमा हिसाबकिताबमा दौडिएका उनीहरूलाई आफ्ना हातलाई स्केच दौडाउन सुरुसुरुमा गाह्रो भयो ।
घरभित्रको लेआउट, रङको संयोजन, फर्निसिङको उचित व्यवस्थापन गर्दै घरलाई आकर्षित गर्ने काम हो इन्टेरियर डिजाइनरले गर्ने । पढाइ र त्यसपछिको कामबाट अनुभव बटुल्दै तामाङले विभिन्न कम्पनीमा काम गरिन् ।
पछिल्लो समय भने उनले काठमाडौंको लाजिम्पाटमा ‘डेकोर डेब्युट’ कम्पनी चलाइरहेकी छन् । कम्पनीमा उनले चार जनालाई रोजगारीसमेत दिएकी छन् । ‘इन्टेरियर डिजाइनिङ भनेको डिजाइनरको सिर्जनात्मक क्षमता हो, यदि व्यक्तिसँग क्षमता भएमा स्वतन्त्र भएर राम्रो आम्दानी गर्न सक्छन्,’ उनले भनिन् ।