इन्टेरियर डिजाईन खबर

हस्पिटालिटीको क्षेत्रमा सुमो वर्ल्डको छुट्टै पहिचान, छिटो छरितो र गुणस्तरिय सेवामा प्रतिवद्ध

६ चैत्र २०८०, मंगलवार १५:३५

काठमाण्डौं । हस्पिटालिटीको क्षेत्रमा सुमो वर्ल्ड प्रालिले छुट्टै पहिचान बनाएको छ । महिला उद्योमी शर्मिला जोशीद्धारा सञ्चालित यस संस्थामा सिईयोदेखि सामान्य कर्मचारीसम्म प्रतिभाशाली र मेहनती महिलाहरु आवद्ध छन् । राम्रो समाजको लागि महिला सशक्तिकरणमा विश्वास गर्ने सुमो वर्ल्ड प्रालि हस्पिटालिटीको क्षेत्रमा उत्कृष्ट एक प्रमुख आयातकर्ता र वितरक हो ।

ग्राहकको सन्तुष्टिमा विश्वास गर्ने सुमो वर्ल्ड प्रालिले सबै स्टार, नन स्टार होटल, हस्पिटल, रिसोर्ट, रेष्टुरेन्ट तथा बैक्युट पार्टी प्यालेसका साथै घरायसी साजसज्जा प्रयोजनका लागि पनि आवश्यक ओछ्यानका तन्ना, तकिया कभर, नुहाउने तौलिया, हाते तौलिया, फेस तौलिया, नुहाउने म्याट, डुभेट्स, डुभेट कभर, कम्बल, टेबल कपडा, टेबल नेपकिन, ओभरले, किचन नेपकिन लगायत हस्पिटालिटीका लागि चाहिने सवै सेवा दिँदै आएको छ ।

आरामदायी उत्पादनको सेवा दिनु हाम्रो नम्बर एक प्राथमिकता हो । हाम्रा उत्पादनमा ग्राहकको दैनिक जीवनशैलीमा गुणस्तर र आराम प्रदान गर्न डिजाइन गरिएको हो। हामी सुती कपडामा विशेषज्ञताको दाबी नै गर्छौ । जस्तै सुमो वर्ल्डबाट ओछ्यान तन्ना, तकिया कभर, नुहाउने तौलिया, हाते तौलिया, मुख पुच्ने तौलिया, नुहाउने म्याट, डुभेट्स, डुभेट कभर, कम्बलबाट समेत सेवा लिन सकिन्छ ।

राम्रो गुणस्तर र सुलभ प्रतिस्पर्धी मूल्यले हामीलाई नेपालमा आफ्नै प्रकारको सबैभन्दा छिटो र विश्वसनिय सेवा दिने कम्पनीका रुपमा स्थापित भइरहेको सुमो वर्ल्डकी सञ्चालिका, सिईयो शर्मिला जोशीको दाबी छ ।

काठमाण्डौंको नयाँ बजारमा शोरुम रहेको सुमो वर्ल्ड प्रालिले सेतो कलरका र जैकवर्ड्स, रजाईहरू, ओछ्यान कभर, र अन्य नरम फर्निचर आतिथ्य उद्योगका साथै घरायसी प्रयोजनका लागि समेत सेवा दिँदै आएको छ । छिटो छरितो सर्वसुलभ तथा गुणस्तरियतामा कुनै प्रकारको कम्प्रमाइज नगर्ने उनको प्रतिवद्धता छ ।

लामो समयदेखि नेपालका नाम चलेका चर्चित स्टार होटल अन्नपुर्ण, सांग्रिला, बाराही, एभरेष्ट, मल्लदेखि ग्राहकले अत्ति रुचाइने रिसोर्टका साथै सयौं पार्टी प्यालेस, बैक, वित्तिय क्षेत्रमा काम गरिसकेको सञ्चालिका, सिईयो जोशीको अनुभव छ ।

सेतो डाउन डुभेट्स र कम्फर्टरहरू प्रदान गर्दछौं जुन हल्का वजन र आरामदायक छन् । तपाईंको पाहुनाहरूको लागि आराम सुनिश्चित गर्दै प्वाँखका साथै नेपाली फाइबरको साथ तकिया समेत आफना ग्राहका लागि सेवा दिन सकिने सिईयो जोशीले बताइन् ।

१० मिलिमिटर र अधिक पट्टिहरूको साथ साटन स्ट्रिप डुवेट कभरहरू प्रत्येक होटल बेडिंगको लागि त्यो सुन्दर देखिन्छ ।