© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । आयातमा भन्सारका कारण नेपाली इन्टेरियर डिजाइनरको स्वदेशी उद्यम संकटमा पर्न थालेको छ । व्यवसायिक प्रतिष्ठान तथा आवासमा यस्तो सेवा तथा वस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योगहरु भारतबाट तयारी वस्तु नै सस्तो भन्सारदरमा भित्रने भएपछि समस्यामा पर्न थालेका हुन् ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको प्रावधान र नेपालको आर्थिक विधेयकले गरेको व्यवस्थाका कारण विदेशबाट कच्चा पदार्थ ल्याउनु भन्दा तयारी माल नै भित्र्याउन कम भन्सार तिर्नुपर्ने भएकाले यो उद्यममा समस्या परेको व्यवसायीको गुनासो छ ।
साफ्टाकै प्रावधानअनुसार एकिकृत भन्सार महशुल दरबन्दीअनुसार इन्टेरियर डिजाइनका लागि आवश्यक विलासी तयारी फर्निचर भारतबाट आयात गर्दा ११.२५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थप तिर्दा पुग्छ ।
तर, सार्क बाहेक देशबाट पार्टस् तथा कच्च पदार्थ आयात गर्ने उद्यमीले भने ३० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने व्यवस्था एकिकृत भन्सार महशुल दरबन्दी ०७९ र ८० ले गरेको छ ।
नेपालमा भेनेगर, फरमाइका, मोड्युलर लेग्स, हार्डवयर च्यानल, विशेष खालका मार्बल फाइवर विदेशबाट आयात गर्नुपर्छ । र, त्यसलाई आवश्यकता अनुसार श्रम सिप प्रयोग गरी इन्टेरियर डिजाइनका समानहरु उत्पादन गर्ने गरिन्छ ।
यी उद्योगले चीन, थाइल्याण्ड, कोरिया तथा युरोपेली देशबाट कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ ।