रिसोर्ट खबर

भोइथले चितवनको मेघौलीमा लक्जरी रिसोर्ट ‘सास्वता’ निर्माण

२७ मंसिर २०८०, बुधबार १२:४९

चितवन। स्थापनाको ६० वर्ष टेक्दै गर्दा व्यवसायिक घराना वैद्यज अर्गनाइजेनसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउस भोइथ आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको छ।

ट्रेडिङ, कृषि र उद्योग क्षेत्रमा लगानी गर्दे आएको भोइथले भारतको प्रसिद्ध लक्जरी रिसोर्ट ब्रान्ड ‘पोस्टकार्ड’ नेपाल भित्र्याएर चितवन मेघौलीमा रिसोर्ट निर्माण अगाडि बढाउने तयारी गरेको हो ।

डा स्वर्गीय विजयगजानन्द वैद्यले ६० वर्षअघि स्थापना गरेको भोइथले नेपालमा जापानी गाडी निर्माता कम्पनी टोयोटाका गाडी बेच्दै आएको छ । भोइथ विजयगजानन्दका छोरा सुरज र उनका छोरा र छोरी अर्थात तेस्रो पुस्ताले नेतृत्व गरिरहेका छन्।

लामो समयदेखि होटल तथा रिसोर्ट निर्माण गर्ने चर्चा गरेको भोइथले चितवनको मेघौलीमा लक्जरी रिसोर्ट ‘सास्वता’ निर्माण गरिरहेको छ।