ट्रेन्डिङ

देक्काइदो ओनसेन रिर्सोट एन्ड फार्म हाउस

९ फाल्गुन २०८०, बुधबार १५:२९

काठमाण्डौँ । सुशी, ओकोनोमियाकी, मिसो तह, याकिटोरी, ताकोयाकी । खानाका पारखीहरुलाई थाहा छ, यी जापानी व्यञ्जन हुन् ।

खानपानको समृद्ध र विशिष्ट स्वाद बोकेर जापानी परिकारले विश्व परिक्रमा गरिसकेका छन् । यही स्वाद नेपाली चुलोमा पनि भित्रिसकेको छ । त्यसैमध्येको एक हो, देक्काइदो ओनसेस ।

बाँसले बारेको गेटको माथिपट्टि हेर्नुभयो भने लेखिएको देखिन्छ– देक्काइदो ओनसेन रिर्सोट एन्ड फार्म हाउस। जापानी भाषाको नाम देख्दा यो रिसोर्ट विदेशीको हो कि भनेर कति जना झुक्किन्छन्।

विदेशीको त होइन, यसका सञ्चालकहरू विदेश चाहिँ बस्छन्। जापान, अस्ट्रेलिया, अमेरिका, बेलायत र स्विट्जरल्यान्ड गरी पाँच देशमा बस्ने ६ जना नेपाली मिलेर खोलेको रिसोर्ट हो यो। उनीहरूले जग्गाबाहेक यो रिसोर्टमा पाँच करोड रूपैयाँ लगानी गरेका छन्।

‘देक्काइदो ओनसेन अरुभन्दा भिन्न तर अलि पृथक रिसोर्ट हो । नेपाली हस्पिट्यालिटी क्षेत्रमा हामीले केही नयाँपन दिने कोसिस गरेका छौँ । विदेशिएका नेपालीहरुलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सन्देश दिनु छँदैछ, नेपालमा थप व्यवसायको नयाँ स्वाद दिने हाम्रो उद्देश्य हो,’ देक्काइदो ओनसेनका सञ्चालक एवम् प्रवन्ध निर्देशक खेम शर्मा बताउँछन् ।

बुढानीलकण्ठ स्कुलको आडैमा करिब ७ रोपनी जग्गामा सञ्चालित रिसोर्टले नेपालीहरुको मात्रै होइन, विदेशी पाहुनाहरुको पनि उत्तिकै मन जितेको छ । नाम जापानी भएपनि रिसोर्टलाई इन्टरनेशनल कुजिनको अवधारणामा अघि बढाएको प्रबन्ध निर्देशक शर्माको भनाइ छ ।

‘देक्काइदो ओनसेन अरुभन्दा भिन्न तर अलि पृथक रिसोर्ट हो । नेपाली हस्पिट्यालिटी क्षेत्रमा हामीले केही नयाँपन दिने कोसिस गरेका छौँ । विदेशिएका नेपालीहरुलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सन्देश दिनु छँदैछ।