पर्यटन खबर

पर्यटकका रोजाइमा ‘बेलढुङ्गा’

३ फाल्गुन २०८०, बिहीबार १४:४७

बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ प-यो ।

स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ ।

बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला संस्कृतिसँग रम्नका लागि सामुदायिक घरबास (होम–स्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ । बागलुङ र म्याग्दी दुवै तर्फदेखि गाडी तथा पैदलयात्रामार्फत यहाँ पुग्न सकिन्छ ।

दशैँ र तिहारकोबीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएका थिए भने त्यसपछि माघ पहिलो सातासम्म बेलढुङ्गा सुनसान रहेको छ । माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुङ्गा आइसकेका छन् ।

अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको सुनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको छ । आधा दशक अगाडिसम्म सुनसान जस्तै रहेको बेलढुङ्गा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको छ ।

सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उनी बताउछन् । गतवर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरिएको रु दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारको रु २० लाख बजेट विनियोजन गरेको भन्दै यसवर्ष पनि गाउँपालिकाबाट रु पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ । पोहोर साल देउराली डाँडादेखि बेलढुङ्गासम्म जोड्ने दुई लाख ६० मिटर पदमार्गका स्लेट ढुङ्गा विच्छ््याको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यसवर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उनले बताए ।

गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको दुई लाख ५९ हजारबाट बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकलल्याण्डसमेत बनाइएको छ ।