© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। नेपालमा पर्यटन विकासको सम्भावना अधिक छ । प्राकृतिक, सांस्कृतिक रूपले धनी हाम्रो देशमा पर्यटन क्षेत्रको विकास गरी बाह्य पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्न सके आर्थिक रूपले सबल हुन समय लाग्ने देखिदैंन ।
आजभोलि अग्ला डाँडामा होटल, रिसोर्ट खुल्ने क्रम बढ्दो छ । त्यसले सकारात्मक प्रभाव देखिएपनि सीमित मानिसलाई मात्र लाभ हुने भएकाले समग्र समुदायको हित हुने देखिन्न ।
आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण होम स्टेमा पर्यटकको आकर्षण बढ्दै छ । त्यहाँ सामान्यतः आठ सयदेखि पन्ध्र सय रुपैयाँको एक राते प्याकेज पाइन्छ ।
१. घलेगाउँ
स्मार्ट भिलेजको नामले चिनिएको लमजुङको घलेगाउँ। घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउापालिका–३ मा अवस्थित रहेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो। यस गाउँलाइ सुखीहरुकाे गाउँ उपमाले समेत चिनिन्छ ।
हिमालको उज्यालोमा झलमल्ल छ घलेगाउँ । गाउँबाट अन्नपूर्ण, माछापुच्छे«, लमजुङदेखि मनास्लु हिमाल देखिन्छ । लमजुङको क्होंलासोथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा १२५ घर छन् । गुरुङका ८० र दलितका ४५ घर । गाउँमा उत्तरकन्या मन्दिर, चिया बगान, भ्यू टावर, क्होइबो, गुरुङ संग्रहालय आदि सम्पदा छन् । त्यहाँका ३२ घरमा होम स्टे सुविधा छ । दुई घर दलितका हुन् भने बाँकी ३० घर गुरुङका ।
२. ताङतिङ
यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् ।
यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् । हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि पर्यटन व्यवसायी चिन्तित छन् ।
‘अघिल्लो वर्ष यही समयमा यहाँका होटलले थेग्नै नसक्ने गरी पाहुना आएकामा यो वर्ष दैनिक तीन/चार जना मात्र आएका छन्, यो सङ्ख्या निकै कम हो’, गुरुङले भने । उनका अनुसार यो वर्ष पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ । ‘क्रपुमा पर्यटकको चहलपहल बढी हुने नै हिउँ पर्ने समयमा हो’, पर्यटन व्यवसायी गुरुङले भने, ‘अघिल्लो वर्ष दसैँतिहारपश्चात् ग्रुप आउन सुरु हुन्थ्यो तर यो मुस्किलले तीन/चार जना आउने गरेका छन् ।’
मादी गाउँपालिका–२ कास्कीमा पर्ने ताङतिङ (१,६६५ मिटर) गुरुङ बस्ती हो । ताङतिङ गाउँको पारिपट्टि सिक्लेसको शिरमा अन्नपूर्ण र लमजुङ हिम शृङखला देखिन्छ । ताङतिङमा गाउँमा दुई सय घर छन् । ताङतिङमा रमणीय डाँडा, बोन गुम्बा कोइवा धिँ र बौद्धगुम्बा छन् । गाउँमा ५ वटा होटल छन् भने १४ घरमा होम स्टे सुविधा छ । त्यहाँ सांस्कृतिक कार्यक्रममा घाटु, झ्याउरे, सोरठी र ठेटर नाच देखाइन्छ । गाउँबाट मह, भाँग्रा, गेडागुडी र सागसब्जी कोसेली ल्याउन पाइन्छ ।
३. सिरुबारी
आँधिखोला गाउँपालिका–१ स्याङ्जामा अवस्थित गाउँमा गुरुङका ३९ घर छन् । गुरुङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि सिरुबारी । सिरुबारीबाट हिमाल देखिँदैन। हिमाल हेर्न डाँडामा चढ्नु पर्छ। गाउँमाथि देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालको लामो लर्कन देखिन्छ। डाँडाको टुप्पी गोरुजुरेमा पुग्न सिरुबारीबाट दुई घन्टा लाग्छ। सबैभन्दा अग्लो थुम्रो जुरो (२,०२३ मिटर)बाट झन् राम्रो भ्यू देखिन्छ। डाँडामा डहरा ऋषिले उहिल्यै तपस्या गरेका थिए। त्यहाँ आश्रम छ।
सिरुबारीले सन् २००१ मा पाटा गोल्ड अवार्ड पाएको थियो। माओवादी द्वन्द्वका बेला सिरुबारीमा पर्यटन सुरु गरिएको थियो। सुरुका दिनमा सिरुबारीको मार्केटिङमा टोनी पार नाउँका विदेशीले ठूलो योगदान पुर्याथएका थिए। सिरुबारीले इतिहास रचेको छ। तर, जनशक्ति अभावले इतिहास बोकेको गाउँ समस्यामा परेको छ। तन्नेरीहरू बेलायत बस्छन्।
बूढापाका पोखरा र काठमाडौँ बस्छन्। थोरैमात्र गाउँमा छन्। कतिपय घरमा ताल्चा लागिसकेको छ। सिरुबारीका गाउँले सम्पन्न छन्। समितिका पर्यटन संयोजक जुम गुरुङका अनुसार होमस्टेको आम्दानी पनि राम्रै छ। सिरुबारीको गौरव जोगाउन जुम दाइसहित आमा समूह लागिपरेको छ। काठमाडौँ–पोखरा दुई २०० किमि छ। बसमा ६ घन्टा। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि। पोखराको पृथ्वीचोकबाट बिहान १०ः३०, ११ र दिउँसो १ र २ बजे सिरुबारी जाने गाडी छुट्छन्।
४. अमलटारी
वरपरका मान्छे मर्दा जलाउने, गाड्ने काम हुन्थ्यो नवलपरासीको बाघखोरमा । थारु, मुसहर बोटे जातिका मानिसहरुको सघन बसोवास रहेको यो क्षेत्र आफैंमा पिछडिएको थियो । वनमा जाने, घाँस दाउरा गर्ने, मेलापात गर्ने दैनिकी थियो ।
बाहिरी दुनियाँसँग कुनै साइनो थिएन । राम्रोसँग लुगा लगाउने चलन पनि थिएन । बालवच्चाहरु स्कुल जाँदैनथे । विद्यालय टाढा थियो । महिलाहरु नयाँ मान्छेसँग बोल्न लजाउँथे । युवाहरु कामको खोजीमा भौंतारिएका हुन्थे । जंगलमा वस्ती आश्रति हुँदा फडानी पनि उत्तिकै थियो । यो चित्र बितेको एक दशकअघिको नवलपरासीको बाघखोर अमलटारीको हो ।
एक दशक अघिको बाघखोर अमलटाँरी र अहिलेको अमलटाँरीमा आकाश जमिनको फरक छ । स्थानीय समुदायको सक्रियतामा थालिएको प्रयासले आज अमलटारीलाई देशकै नमूना होमस्टेका रुपमा देश विदेशमा परिचित बनाएको छ । अमलटारीले नयाँ युगमा पुगेको छ । हिजोआज अमलटारीमा दैनिक एक सय जनासम्म पर्यटकहरु आउने गरेका छन् । महिला, युवा, वृद्धवृद्धाहरु आआफ्नो काममा व्यस्त हुने गरेका छन् ।
गाउँमा केही रिसोर्ट छन् । विसं २०७० जेठ ५ देखि त्यहाँ होम स्टे सुरु गरिएकोमा हाल थारूका २२ र बोटेका ९ गरी ३१ घरमा पाहुना राखिन्छ । साँझ सामुदायिक भवनमा चौधरी र बोटे समुदायको नाच देखाइन्छ ।
५.भादा
यतिबेला कैलालीको भादावासी निकै व्यस्त छन् । उसै पनि वर्षैभरि अन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागिरहने धनगढी उपमहानगरपालिका–१६, थारु होमस्टे गाउँ भादामा व्यस्तता थपिएको हो । थारु परिकारको स्वाद लिन चाहने, थारु कला, संस्कृतिमा रम्न चाहने र खोज अनुसन्धान गर्नेहरुका लागि खजाना हो भादा गाउँ ।
विशुद्ध थारु समुदायको मात्रै बासोबास भएको यो गाउँमा पुस १४ देखि १७ गतेसम्म थारु होम स्टे गाउँ भादा महोत्सव २०७९ आयोजना हुँदैछ । स्थानीयवासीले विभिन्न ११ उपसमिति गठन गरी तयारी थालेका छन् । थारू जीवनशैलीका लागि प्रख्यात गाउँमा घुम्नका लागि गणेश सामुदायिक वन, जोगिन्या ताल, बेहडाबाबा मन्दिर, रामेश्वर मन्दिर, सहदेवा ताललगायत सम्पदा छन् ।
गाउँमा विसं २०६७ पुसदेखि होम स्टे शुभारम्भ गरिएकोमा अचेल १९ घरमा पाहुना राखिन्छ । पाहुनालाई गोरु गाडा वा साइकलमा गाउँ घुमाइन्छ । गाउँलेहरू सखिया, झुमरा, मघौटा, लठौहवा, बैठक्की, मुंग्रहुवा र गुरुवा नाच देखाउँछन् । र थारू परिकार खुवाउँछन् ।
कसरी पुग्ने : काठमाडौं–धनगढी ६८० किमि । अथवा काठमाडौं–धनगढी १ घण्टा १० मिनेट हवाई यात्रा । धनगढीबाट बेली हुँदै भादा १७ किलोमिटर । पूर्व–पश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिल चौराहाबाट १२ किमि ।
६. शुक्लाफाँटा
बाह्रसिंगाका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रख्यात छ जहाँ २५ सय बाह्रसिंगा छन् । त्यसबाहेक निकुञ्जमा अरु थुप्रै जनाबर र सयौं थरि चरा बस्छन् । निकुञ्ज वरपर सिद्धबाबा मन्दिर, महाकाली पुल, बेतकोट र झिलमिला ताल, टनकपुर बाँधलगायत सम्पदा छन् । शुक्लाफाँटा नजिकै केही होटल छन् । निकुञ्जको प्रवेशद्वार नजिकै राना थारू समुदायको बस्ती छ । त्यहाँका ८ घरमा होम स्टे सुविधा छ । त्यहाँ थारू परिकारको स्वाद र संस्कृति अवलोकन गर्न पाइन्छ ।
कसरी पुग्ने : काठमाडौं–महेन्द्रनगर ७०० किमि, बसमा १२ घण्टा । अथवा काठमाडौं–धनगढी १ घण्टा १० मिनेट हवाई उडान । धनगढी–महेन्द्रनगर बसमा १ घण्टा ।