ट्रेन्डिङ

राेयल चाइना माउन्टेन रेष्टुरेन्ट

२१ माघ २०८०, आईतवार ०५:३९

काठमाडौँ। यस रोयल चाइना माउन्टेन रेष्टुरेन्टमा चीनकै फ्लेवर भएका खाना नै मनपराउने गरिएको छ । बजारमा लोकप्रिय नाम हो चाइनिज हटपट । चाइनिज हटपट खान आउनेले पनि यो रेष्टुरेन्टको प्रश‌सा गरेर नै फर्किने गरेका छन् ।

त्यसबाहेक चिकन चिल्ली, होल फिस, चिकन पिनट, स्पाइसी पोट्याटो, प्राउन, गार्लिक, डम्पलि‌ंग लगायतका खानेकुरा पाइन्छ । विशेष गरी, जाडो महिनाकालागि हटपट उपयुक्त हुने गरिएको छ।

पछिल्लो समय आफ्नो रेस्टुराँमा चिनियाँ मात्र नभई चाइनिज परिकार रुचाउने नेपाली पनि क्रमशः बाक्लिँदै गरेको अनुभव । त्यसैले यो रेस्टुरेन्टमा नेपाली पाहुना ग्राहक असंख्य देख्न सकिन्छ।

यसबाहेक ग्राहकहरुको माग बमोजिम शाकाहारी, मांसाहारी, पिरो वा कम पिरो भएको खाना पनि यस रेष्टुरेन्टमा बन्ने गरेको छ । सातै दिन बिहान ११ बजेदेखि बेलुकाको १० बजेसम्म रेष्टुरेन्टमा खाना खान सकिन्छ । काठमाडौंको दृश्यालोवकन गर्दै रुफ टपमा बसेर होस् वा रेष्टुरेन्टभित्र बसेर विभिन्न स्वादिलो चिनियाँ खानाको मजा यहाँ लिन सकिनेछ । जन्मोत्सव होस् वा विवाहोत्सव अथवा गेट टुगेदर नै किन नहोस् यस रेष्टुरेन्टमा आफ्ना खुशी मनाउन आउनेको पनि राम्रै भि‌ंड हुन्छ ।

यससँगै रेष्टुरेन्टको फेसबुक पेज, भाइबर र व्हाट्सएपमार्फत पनि खाना अर्डर गर्ने गरिएको छ । उनको रेस्टुरेन्टमा दैनिक कम्तीमा ४०/५० जना पाहुना ग्राहक आउँछन्। पाहुनाको सत्कारकै लागि १० जना स्टाफ राखेका छन्।  विकासको रेस्टुरेन्टमा करिब ३ सय चिनियाँ खानाको आइटम बन्छ। रेस्टुरेन्टमा ‘अथेन्टिक’सिचुवान खाना बन्ने उनको दाबी छ।

विकाश थापा मगरलाई बिहानैदेखि भ्याइनभ्याई हुन्छ। दक्षिणढोकास्थित आफ्नै लगानीको ‘रोयल चाइना माउन्टेन रेस्टुरेन्ट’ व्यवस्थापनमा बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उनी बेफुर्सदिला देखिन्छन्।

उनको रेस्टुरेन्टमा दैनिक कम्तीमा ४०/५० जना पाहुना ग्राहक आउँछन्। पाहुनाको सत्कारकै लागि १० जना स्टाफ राखेका छन्।  विकासको रेस्टुरेन्टमा करिब ३ सय चिनियाँ खानाको आइटम बन्छ। रेस्टुरेन्टमा ‘अथेन्टिक’सिचुवान खाना बन्ने उनको दाबी छ।