© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
के तपाई घर, होटल बनाउँदै हुनुहुन्छ ? यस्तो डिजाइन गर्न नभुल्नुस है
नयाँ घर बनाउँदा डिजाइनमा विशेष ध्यान दिनुपर्छ । घरको इन्टेरियर डिजाइन हरेक मानिसको जीवनशैलीसँग सम्बन्धित हुन्छ । त्यसैले घर निर्माण गर्दा वास्तुविज्ञानअनुसार तालमेल मिल्नुपर्छ । अधिकांश इन्टेरियर डिजाइनरले वास्तुअनुसार नै घरको डिजाइन गरेका हुन्छन् । घरको कोठाभित्र सजाउने सामग्री कुन दिशामा राख्ने भन्ने पनि वास्तुसँग सम्बन्धित छ । त्यसकारण घरको स्थान, दिशा, आकार, रङ पनि मिलेको हुनुपर्छ, जसले गर्दा घरको आउटलुक्स पनि राम्रो देखिन्छ । साथै परिवारमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । वास्तु होटल, बुटिक होटल, रिसोर्ट बनाउँदा होस या रेष्टुरेन्ट खोल्दा पनि ध्यान दिनुपर्छ ।
सलिजा श्रेष्ठ, इन्टेरियर डिजाइनर सलिजा डिजाइन्स
प्रवेशद्वार स् घरको मुख्य द्वारबाट भित्र प्रवेश गर्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ । घरको अगाडि र पछाडिको द्वार सीधा एउटै लाइनमा हुनुपर्छ, जसले घरको बनावट पनि राम्रो देखिन्छ । प्रवेशद्वार घडेरीको बनावटअनुसार पूर्व, उत्तर, पूर्व–उत्तर वा पश्चिम दिशामा हुँदा उत्तम हुन्छ । त्यसैले तपाईंले घर किन्दा वा बनाउँदा प्रवेशद्वारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।