© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाण्डौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले एक तिहाई अकुपेन्सीमा होटलहरू सञ्चालन भइरहेको बताएका छन्।
अध्यक्ष शाह तथा पदाधिकारीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग मुलुकको पर्यटन गतिविधिका बारेमा छलफल गर्दै यस्तो गुनासो गरेका हुन्। पछिल्लो समय मागभन्दा आपूर्ति बढी भई मुलुकभर क्षमताको एक तिहाई अकुपेन्सीमा होटलहरू सञ्चालन भइरहेको बताए ।
अध्यक्ष शाहले विदेशी पर्यटकहरू नेपाल भ्रमणका आकर्षित भइरहेका बेला राजमार्गका सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाईका कारणले नेपाल आउने पर्यटकहरू अन्यत्रै जाने गरेको बताए।