© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।
उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौँमा झन्डै एक हजार होस्टल सञ्चालनमा छन्। होस्टल व्यवसायी संघ नेपालका अनुसार ललितपुरमा करिब एक सयवटा र भक्तपुर जिल्लामा झण्डै ४० वटा होस्टल सञ्चालनमा छन्।
काठमाडौँ महानगरभित्र मात्रै सञ्चालित होस्टलको संख्या झन्डै ७ सय रहेको होस्टल व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष सुनिल भेटवालले जानकारी दिए। यो संख्या दर्ता भएर सञ्चालन भएका होस्टलको मात्रै हो। दर्ता नभई चलेका होस्टलको संख्या महानगरमा करिब तीन सयजति रहेको हुनसक्ने उनको अनुमान छ।
काठमाडौँ महानगरभित्र मात्रै सञ्चालित होस्टलको संख्या झन्डै ७ सय रहेको होस्टल व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष सुनिल भेटवालले जानकारी दिए। यो संख्या दर्ता भएर सञ्चालन भएका होस्टलको मात्रै हो। दर्ता नभई चलेका होस्टलको संख्या महानगरमा करिब तीन सयजति रहेको हुनसक्ने उनको अनुमान छ।
होस्टलका विषयमा विभिन्न गुनासो आएपछि काठमाडौँ महानगरले गएको सोमबार यस विषयमा छलफल गरेको छ। होस्टलहरूमा होहल्ला हुने गरेको, दुर्व्यसनी बढेकोजस्ता गुनासो बढेपछि महानगरले छलफल गरेको हो।
काठमाडौँ महानगरले गएको वर्ष होस्टल सञ्चालन मापदण्ड जारी गरेको थियो। महानगर क्षेत्रभित्र सञ्चालन हुने छात्रावास (होस्टल) लाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन भन्दै महानगरले अघिल्लो वर्षको जेठमा छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरेको हो।
के छ महानगरले जारी गरेको मादण्डमा?
महानगरले जारी गरेको मापदण्ड अनुसार छात्रावास सञ्चालन गर्न सम्बन्धित संस्था र वडाको सिफारिससहित महानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ।
आधारभूत मापदण्ड पूरा गरेपछि मात्रै होस्टल सञ्चालन गर्न पाइन्छ। छात्रावासमा न्यूनतम भौतिक पूर्वाधार (शौचालय, भान्साघर, पानी आपूर्ति, विद्युत् आपूर्ति, फोहरमैला व्यवस्थापन आदि) को सुविधा र छात्रावास परिसरमा उचित सरसफाइको व्यवस्था हुनुपर्ने, छात्रावासको प्रत्येक कोठा फराकिलो, खुल्ला, पर्याप्त प्रकाश तथा हावा छिर्ने प्रकृतिको हुनुपर्ने, छात्रावासमा प्रत्येक छात्रछात्राहरूका लागि पलङ, दराज, टेबुलको व्यवस्था हुनुपर्ने, छात्रावास भवन कुनै पनि विपद् (बाढी, पहिरो, आगजनी, भूकम्प आदि) को जोखिम नहुने खालको हुनुपर्ने लगायतका विषय मापदण्डमा उल्लेख छ। छात्रावास सञ्चालन गर्दा विद्यार्थीहरूका लागि आपत्कालीन अवस्थामा प्राथमिक स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउनुपर्छ।