पर्यटन खबर

ओटिएम मुम्बई एक्स्पो २०२४, भारतको दिल्लीमा पनि साट्टे एक्स्पो, नेपालको उत्साहजनक सहभागिता

२२ फाल्गुन २०८०, मंगलवार १७:२८

काठमाण्डौं । ओटिएम मुम्बई एक्स्पो २०२४ सम्पन्न भएको छ । यसअघि नेपाल टुरिज्म बोर्डले आयोजना गर्दै आएको एक्स्पो यस पटक भने ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल टानले आयोजना गरेको हो । टानका पहिलो उपाध्यक्ष प्रदिप पण्डितको संयोजनमा भएको ओटिएम मुम्बई एक्स्पो २०२४ मा नेपालका करिब २८ वटा ट्राभल्स एण्ड टुर्स एजेन्सीहरुको सहभागिता रहेको थियो । एक्स्पोले नेपालको पर्यटन विकास, विस्तार र प्रचारप्रसारका लागि निकै महत्वपूर्ण भएको इन्च्यान्टेड यात्रा होलिडे ट्राभल एजेन्सी नेपालकी सिइयो मेरिना श्रेष्ठले बताईन् ।

टानले दुई भारतको मुम्बईमा सञ्चालित आउटवाउन्ड ट्राभल मार्ट ओटिएम मेलामा भव्य सहभागिता जनाएको हो ।

त्यसैगरि भारतको दिल्लीमा पनि साट्टे एक्स्पो २०२४ सम्पन्न भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज साट्टेमा नेपालले सहभागिता जनाएको हो । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको उपस्थिती रहेको साट्टे एक्स्पोमा पनि उत्साहजन सहभागित रहेको श्रेष्ठको भनाई छ ।


नेपालको पर्यटन व्यापारका लागि भारतीय पर्यटकको आगमन निकै महत्वपूर्ण हुने भएकाले नेपाल सरकारकै आयोजनामा यस्ता एक्स्पो हुनुपर्ने पयर्टन व्यवसायीको जोड छ ।