पर्यटन खबर

पर्यटकको पर्खाइमा पुरैनी ताल

२२ फाल्गुन २०८०, मंगलवार ०४:०८

कञ्चनपुर। चराको स्वर्ग भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा रहेको पुरैनी तालमा जलपक्षीको सङ्ख्या घट्दै जान थालेको छ ।

पर्यटकीय क्षेत्र पुरैनी तालको संरक्षण र प्रवर्धनका लागि बेलौरी नगरपालिकाले पनि सकृयता देखाएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा रहेको छ ।

विगत लामो समयदेखि पर्यटकको पर्खाइमा रहेको पुरैनी तालमा रहेको जैविक तथा प्राकृतिक सुन्दरता र त्यहाँ आउने विभिन्न प्रजातीका चराचुरुंगी तथा जीवजन्तुहरुको संरक्षण गर्न आवश्यक रहेको बेलौरी नगरपालिकाका प्रवक्ता तथा नेपाल भ्रमण वर्ष २०२४ का पुरैनी तालको विविधतालाई प्रचारप्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटकका लागि सम्भावित महत्वपूर्ण स्थलका रुपमा चिनिने छ ।

तालमा कुर्मा, बतख र गरुड प्रजातिका चरा बढी देखिने गरेको उनको भनाइ छ । उनका अनुसार ती चरासँगसँगै ताल क्षेत्रमा प्रवासी सिकारी चराको उपस्थिति पनि बाक्लो हुने गरेको छ ।

गर्मी सुरु भएपछि प्रवासी चरा फर्केर जाने गरे पनि रैथाने प्रजातिका चरा भने ताल क्षेत्रको सीमसार क्षेत्रमा वर्षभरि नै देखिने गरेको उनले बताए। पहिला आउने ठूला शरीर भएका चरा भने केही वर्षदेखि आएको नदेखिएको छ। चरा विज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालपछि सबैभन्दा बढी प्रजातिका प्रवासी चरा पुरैनी तालमा देखिने गरेका छन् ।