© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। धार्मिक पर्यटकीयस्थल गलेश्वरमा १५ करोड लागतमा सुविधासम्पन्न होटल “याक” सञ्चालनमा आएको छ ।
बेनी नगरपालिका-९ स्थित ‘कालीगण्डकी करिडोर र मुस्ताङ प्रवेशद्वार रहेको गलेश्वरमा सुविधासम्पन्न नयाँ होटल थपिँदा पर्यटनमा टेवा पुगेको छ । अझ पर्यटन र व्यवसायमा केही छैन भनी निराश हुनेका लागि गलेश्वरमा खुलेको यो होटलले आसाको सञ्चार गराएको छ,’ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘निर्माण सुरु गरेको १३ महिनामै यत्रो ठूलो होटल सम्पन्न गरी सञ्चालनमा ल्याउनु व्यवसायिक दक्षताको द्योतक हो ।’
सदरमुकाम बेनीको हस्पिटल चोकमा भाडाको घरमा सञ्चालित होटल याकले बेनी–९ गलेश्वरमा दुई रोपनी क्षेत्रफलमा १५ करोड लागतमा आफ्नै भवनसमेतको पूर्वाधार निर्माण होटल सञ्चालनमा ल्याएको हो । गलेश्वर, म्याग्दी सदरमुकाम बेनीबाट-३ किलोमिटर उत्तरमा अवस्थित छ । बेनी\जोमसोम\कोरोला सडक किनारामा अवस्थित गलेश्वर पक्की सडकले जोडिएको छ ।
भवनको जग राखेको १३ महिनामा एक सय ५० जना क्षमताको ४० वटा सुविधायुक्त रुम सहितको तले होटल सञ्चालनमा आएको हो । एक सय जना अट्ने सभाहल, २०–२५ जना अट्ने २ वटा वैठक कक्ष तथा पर्याप्त पार्किङ सुविधा रहेको होटल याकबेनी प्रालिले जनाएको छ । बैदेशिक रोजगारी क्रममा कतार र साउदीका होटलमा ६ बर्ष काम गरेर फर्केका मंगला गाउँपालिका(१ पूर्णगाउँका बाबुराम (ताराप्रसाद) आचार्यले ०६४ सालदेखि बेनीमा रेष्टुरेन्टबाट व्यवसाय सुरु गरेका थिए ।
कतारको सिनुवा कम्पनी र साउदीको ताजेज रेष्टुरेन्टमा काम गर्दा सिकेको सीप स्वदेश फर्केर व्यवसायमा लगाएका आचार्यले १० लाख लगानी गरी भाडाको घरमा रेष्टुरेन्टबाट सुरु गरेको व्यवसाय बढाउँदै १५ करोड लागनीमो आफ्नै स्वामित्वको होटल सञ्चालनमा ल्याएका हुन् ।