© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । लुम्बिनीको तिलोत्तमाको जानकीनगरमा द क्राउन इन होटल सञ्चालनमा आएको छ। होटल आधुनिक सुविधासम्पन्न सेवा दिनेगरी शनिबारदेखि नै सञ्चालनमा आएको छ।
४० करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको हो । होटल सेमिस्वीट, डिलक्स र सुपर डिलक्स गरी ४० वटा कोठा रहेका छन् । होटलमा एक सय जना क्षमताको बार र रुपटप बारको व्यवस्था गरिएको सञ्चालक अनन्त थैवले बताए ।
उनले स्वदेशम नै स्वदेशी पुँजीको लागनीबाट केही गर्न सकिन्छ । विदेश पलायन हुने नयाँ पिँढीलाई सन्देश दिन विदेशबाट व्यवस्थापन अध्ययन गरेर फर्किएको छोरालाई होटलको व्यवस्थापकीय जिम्मेवारी दिएको बताए।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्ने क्रम जारीरहेको छ ।