यसअघि २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले नेपालको होटेल र पर्यटन क्षेत्रमा अपेक्षाकृत ब्यापार हुन सकेको थिएन । होटेलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक आशा गुरुङले बताए ।
बुटवल। सम्राट ग्रुपले रुपन्देहीको भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ ।
भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका-३ मा १० कठ्ठा क्षेत्रफलमा पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।
काठमाडौं, पोखरा र सौराहापछि सम्राट ग्रुपले आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीको भैरहवामा ५० करोड रुपैयाँको लगानीमा ल्याण्डमार्कको चौथो शाखा विस्तार गरेको हो ।
३२ वर्षको ‘हस्पिटालिटी’ (होटल र रेष्टुरेण्ट) क्षेत्रको अनुभवसँगै बेलहिया नाका भएर नेपाल आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई मुख्य ‘टार्गेट’ गरी होटल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेले जानकारी दिए ।
पैदलमार्ग हुँदै भारतीय पर्यटक भित्रिने नेपालको ठूलो नाका बेलहियाबाट तीन किलोमिटर उत्तरतर्फ रहेको होटल ल्यान्डमार्कमा हाल ५० वटा कोठा छन्। एक वर्षभित्र ३० वटा कोठा थप्ने योजना छ।
यसैगरी यहाँ ६ सय र २ सय जना अटाउने पार्टी हल छन्। सेमिनार हल बनाउन थप एक बिघा जमिन लिइएको छ। भारतीयहरू नेपालमा आएर बिहे समारोह र भोज गर्ने प्रवृत्ति बढ्दै गएको छ। यही प्रवृत्तिलाई लक्षित गरेर कोठा र हल थप्न लागिएको पाण्डेको भनाइ छ।
यसअघि २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले नेपालको होटेल र पर्यटन क्षेत्रमा अपेक्षाकृत ब्यापार हुन सकेको थिएन । होटेलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक आशा गुरुङले बताए ।