पर्यटन खबर

श्रीलङ्काको पर्यटन क्षेत्रको आम्दानी ४ वर्षकै उच्च

२० फाल्गुन २०८०, आईतवार ०२:४३

श्रीलङ्का। श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा चार वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको छ।

श्रीलङ्काको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा मुलुकले पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर कमाएको जनाएको छ ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रवार जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा मुलुकले पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर कमाएको जनाएको छ ।

उक्त आम्दानी सन् २०२० को जनवरीपछिको सबैभन्दा उच्च हो । आर्थिक मन्दीग्रस्त श्रीलङ्का पछिल्लो समयमा क्रमशः सुधारको दिशामा अगाडि बढेको छ भने पर्यटनका क्षेत्रमा पनि उल्लेख्य सुधार देखिएको छ ।