© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्। यो संख्या अघिल्लो महिनाभन्दा १८ हजारले बढी हो। यसअघि जनवरीमा ७९ हजार पर्यटक भित्रिएका थिए।
हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यसमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। बोर्डको तथ्यांकअनुसार फेब्रुअरीमा २५ हजार ५ सय ७८ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै, चीनबाट नौ हजार १ सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७ सय ९९, बेलायतबाट चार हजार ५ सय ७१, बंगलादेशबाट चार हजार ९९, श्रीलंकाबाट तीन हजार ६ सय ८४ जना भित्रिएका छन्।
त्यसैगरी, अस्ट्रेलियाबाट २ हजार ९ सय ७६, म्यानमारबाट २ हजार ९ सय २१ र जर्मनीबाट २ हजार ४ सय ९४ आएका थिए । बङ्गलादेशबाट ४ हजार ९९, अष्ट्रेलियाबाट २ हजार ९ सय ७६, बेलायतबाट ४ हजार ५ सय ७१, श्रीलंकाबाट ३ हजार ६ सय ८४, म्यानमारबाट दुई हजार ९ सय २१ र जर्मनीबाट दुई हजार ४ सय ९४ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना, सन् २०२२ को फेब्रुअरी महिनामा १६ हजार ९ सय ७५, सन् २०२१ को फेब्रुअरी महिनामा ८ हजार ८ सय ७४, सन् २०२० को फेब्रुअरी महिनामा ९ हजार २ सय ६६, सन् २०१९ को फेब्रुअरी महिनामा एक लाख दुुई हजार चार सय २३ जना पर्यटक नेपाल भित्रिएका थिए ।