© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
धुलिखेल । काठमाण्डौंबाट जम्मा ३० किलोमिटर पूर्व धुलिखेलमा रहेको माउण्ट प्रिन्सेस होटलले चर्चा निकै छ । हिमालको मनमोहक दृष्य जंगलको विचमा शान्त वातावरण पशुपंक्षीको आवाज र अवलोकन नै यस होटलको विशेष आकर्षण हो । २० रुमको क्षमता भएको होटल माउण्ट प्रिन्सेसमा गोष्ठि सेमिनार गर्न सक्ने हलहरुको समेत राम्रो सुविधा छ ।
माउण्ट प्रिन्सेस होटलको अर्को आकर्षण भनेको परिवारका सदस्यका साथै कुनै सरकारी, गैरसकारी कार्यालयहरुले पनि आफनै व्यवस्थापनमा पिक्निक आयोजना गरेर रमाइलो गर्न समेत सक्ने होटलकी सञ्चालिका एवं सिईयो ज्योत्स्ना सैन्जुले बताइन् । यसैले माउण्ट प्रिन्सेस होटलमा पछिल्लो समय मानिसहरुको विशेष आकर्षण छ ।
सैन्जुले भनिन् , होटलको सेवा लिन काठमाण्डौ आसपासका मात्र होइन देशविदेशका ग्राहकहरु पनि पुग्ने गरेका छन् । विविध खानाको स्वादका साथै सुविधा सम्पन्न होटल व्यवस्थापनमा चुस्तदुरुस्त माउण्ट प्रिन्सेस होटलमा जान चाहने ग्राहकहरुका लागि बाटोको सुविधा पनि सहज छ ।