© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। सोल्टी होटलले काठमाडौं इन्स्टिटयुट अफ चाइल्ड हेल्थ (किओच)द्वारा कोशी प्रदेशको झापा जिल्लाको दमकमा बाल अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोल्टीले ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो। सोल्टी होटलमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष दिनेशबहादुर विष्टले किओचका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक हस्तान्तरण गरेका छन्। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र त्यही अन्तर्गत किओचलाई पनि सहयोग गरिएको अध्यक्ष विष्टले बताए।
मंगलबार सोल्टी होटलमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्टले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक प्राडा. भगवान कोइरालालाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। सोल्टीले यसअघि नै ५० लाख हस्तान्तरण गरिसकेको छ।
सोल्टी होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाज सेवाका विभिन्न गतिविधि गर्दै आएको छ। बालबालिकाहरूमा हुने जटिल एवं गम्भीर प्रकृतिका रोगको उपचार सहज र सुलभ बनाउने उद्देश्यले बाल अस्पताल निर्माणमा सहयोग पुर्याएको सोल्टी होटेलले जनाएको छ। प्राडा. कोइरालाले सोल्टीले प्रदान गरेको उक्त आर्थिक सहयोगका लागि आभार प्रकट गरे।