© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित चैत ७ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।
माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत ७ गते काठमाडौंको ठमेलस्थित होटलकै सभाकक्षमा बस्ने गरी साधारणसभा मिति तय गरेको हो ।
कम्पनीको पूँजी संरचना परिवर्तन सम्बन्धी प्रस्ताव समेत सभाका लागि तय भएको छ । साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।