© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
रुपन्देही । कामना सेवा विकास बैंकले रुपन्देहीस्थित द एसआर होटल एन्ड इभेन्ट्स प्रालिसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा प्राप्त गर्न सकिनेछ।
सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने विश्वास बैंकको छ। हाल बैंकले १३५ शाखा र ७७ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।
संयुक्त लगानीमा १२ कठ्ठा क्षेत्रफलमा संचालनमा आएको उक्त होटलमा ३२ वटा कोठा छन् । न्यूनतम तीन हजार रुपैयाँ देखि अधिकतम ९ हजार रुपैयाँसम्म कोठाहरु उपलब्ध रहेको प्रालिले जनाएको छ ।
होटलमा एउटा आरामदायी वातानुकुलीत प्रेसिडन्टल स्वीट रुम, दुईवटा स्वीट रुम, तीन वटा सुपर लग्जरी डिलक्स रुम, १८ वटा सुपर डिलक्स रुम, ८ वटा डिलक्स गरी जम्मा ३२ वटा कोठा रहेका छन् ।