© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
सुर्खेत । सुर्खेत प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।
गरपालिका–१, देउतीथानस्थित उनको घर पुग्नुभन्दा केही अगाडि गोली हान्दा उनको गाडीको सीसामा लाग्यो । विनोदले गाडी रोक्दा मोटरसाइकलमा दुई जनालाई देखे । उनीहरु मोटरसाइकल फर्काएर विपरीत दिशातिर भागे, विनोदले गाडी फर्काएर पिछा गरे । त्यस क्रममा गाडीले मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा चढेकाहरु सडकछेउको जंगलतिर भागे, विनोद भने प्रहरीलाई खबर गर्न गए ।
शनिबार राति करिब साढे ८ बजेको समयमा गिरी सवार गाडीमाथि वीरेन्द्रनगर नगरपालिका– १ स्थित गैरीचोकमा गोली प्रहार भएको थियो ।
यस्तै, गिरीमाथि गोली प्रहार गर्ने भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत र उनलाई सुर्खेतमा बासको व्यवस्थापन गर्ने वीरेन्द्रनगर– ४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटनाको मुख्य योजनाकारलाई भने प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिका बारेमा प्रहरीले हालसम्म केही बोलेको छैन । व्यक्तिगत रिसइबीका कारण गिरीको हत्या प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, कोसँग के रिसइबी थियो भन्ने विषय भने गोप्य राखिएको छ । घटनास्थलबाट प्रहरीले १ थान कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल बरामद गरेको छ ।
यसरी बनेको थियो हत्याको योजना
गिरीको हत्याका लागि विगत डेढ महिनादेखि मुख्य योजनाकारले इन्द्र विकसँग ह्वाट्स एप म्यासेजमा सामान्य चिनजान भई हत्या योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना भएको करिब २० देखि २५ दिनअगाडि इन्द्र र मुख्य योजनाकारबीच कैलालीको अत्तरियामा भेटघाट भई सामान्य कुराकानी भएको थियो । १० देखि १२ दिनअगाडि उक्त व्यक्तिले कैलालीको लम्कीस्थित टीएमटी होटलमा इन्द्र विक र भरत भुल तथा भारतीय सुटर रोहित राजपुतलाई बोलाएर घटनाका बारेमा जानकारी गराएपश्चात् हत्याको पूर्वयोजना बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।
उनीहरू फागुन ७ गते विनोदको हत्या गर्ने उदेश्यले सुर्खेत पुगेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको गणेश होटलमा बास बसे।
प्रहरीका अनुसार भारतीय नागरिक राजपुत सुर्खेत पुगेपछि वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३७ वर्षीय राजन गिरीले होटलमा बस्ने व्यवस्था मिलाएका थिए।
यस्तै, फागुन ९ गते ईन्द्र विक र भरत भुललाई नेपालगञ्जमा सशंकित व्यक्ति र एक जना अर्को (नाम थाहा नभएको) व्यक्तिले भे.५५.६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजना मुताविक नेपालगञ्जदेखि सुर्खेत पठाए। उनीहरू पनि आएर सोही गणेश होटलमा बास बसेको प्रहरीको भनाइ छ।
यस्तै, ती शंकित व्यक्तिले उनीहरू तीन जना (भारतीय नागरिक राजपुत, ईन्द्र विक र भरत भुल)लाई विनोद गिरीको घर ठेगाना लगायत सबै चिनाएका थिए।
योजना अनुसार फागुन १२ गते राति बिनोद गिरीको गाडीलाई मोटरसाइकलले पिछा गरि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ स्थित गैरीचोकमा गिरीमाथि १ राउण्ड गोली प्रहार गरेका थिए।
गोली प्रहार गर्ने भारतीय नागरिक रोहित राजपुत थिए। गोली प्रहार भएपछि गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना समेत भएको प्रहरीले जनाएको छ।