© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी जेलमा निधन भएका विपक्षी नेता अलेक्सी नभाल्नीकी पत्नी र छोरीसँग भेट गरेका छन्। सो भेट क्यालिफोर्नियामा भएको हो।
नभाल्नीकी श्रीमती र आमा छोराको शव पाउन निरन्तर संघर्षमा छन् । उनलाई यो लडाइँमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि साथ दिएका छन् । आफ्ना श्रीमान्को शव पाउन संघर्ष गरिरहेकी नभाल्नीकी पत्नी र छोरीलाई बाइडेनले क्यालिफोर्नियामा भेटेका छन् । भेटमा बाइडेनले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने बताएका छन् ।
बाइडेनले सान फ्रान्सिस्कोको एक होटलमा नभाल्नीकी पत्नी र छोरीसँग भेट गरेका हुन् । जुन तस्वीर ह्वाइट हाउसले सार्वजनिक गरेको छ । एक तस्वीरमा नभाल्नीकी पत्नी युलिया नभलनयासँग बाइडेनले गला मिलाएका छन् । आफ्नी पहिलो पत्नीलाई कार दुर्घटना र छोरालाई क्यान्सरका कारण गुमाएका बाइडेन यो कुराकानीमा निकै भावुक देखिएका थिए ।
नभाल्नीकी आमा ल्युडमिला नभलनयाले आफ्ना छोराको शव दिन आग्रह गरेकी छन् । रुसी अधिकारीहरूले ल्युडमिलालाई छोराको शव हेर्न दिएका छन् । उनीहरूले अन्तिम श्रद्धाञ्जली बिना नै गोप्य रूपमा अन्त्येष्टि गर्न दबाब दिएको र आफूले त्यसको विरोध गरेको उनको भनाइ छ ।