होटल खबर

मल्ल होटलबाट ‘मेयर’को छायांकन सुरु

११ फाल्गुन २०८०, शुक्रबार ०१:४८

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘मेयर’को छायांकन सुरु भएको छ । लैनचौरस्थित मल्ल होटलमा सभाहल सम्मेलनको दृश्य खिच्दै छायांकन थालिएको निर्माण टिमले जनाएको छ

अभिनेताद्वय खगेन्द्र लामिछाने र टीका पहारीले पहिलो सट दिएका छन् । खगेन्द्रले सिनेमामा मेयरको भूमिका निवार्ह गर्दैछन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा उनले चश्मा लगाएका छन् ।

निर्माण टिम बिहीबार काठमाडौंको छायांकन सकाएर शुक्रबार सर्लाही जाने तयारीमा छ । फागुन १२ गते बागमती नगरपालिकाले शैक्षिक महोत्सवका साथै सांस्कृतिक कार्यक्रम गर्दैछ । सर्लाहीमा सिनेमाको पहिलो सिन त्यहीँ खिचिनेछ । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित भएर सिनेमा निर्माण हुन लागेकाले बागमतीमै सम्पूर्ण छायांकन हुनेछ ।

पहिलो कार्यकालमा मेयर थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले । ठूलो कृत्रिम तालको निर्माण गरी पर्यटकलाई आकर्षण गरी आम्दानी स्रोत बनाएका छन् ।