© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
भक्तपुर। राजधानी नजिकै रहेको आकर्षक पर्यटकीय गन्तव्य हो भक्तपुरको घ्याम्पेडाँडा । पर्यावरणीय हिसावले महत्वपूर्ण मानिने घ्याम्पेडाँडा साच्चै पर्यटकहरुका लागि अतिनै महत्वपूर्ण गतव्य हो ।
खानाका पारखिहरु र प्रकृति प्रेमिहरुका लागि यस घ्याम्पेडाँडामा रहेको होटल घ्याम्पेडाँडा पर्यटकहरुको झनै रोजाइमा परेको स्थान हो । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ घ्याम्पेडाँडा अवस्थित होटल घ्याम्पेडाँडा पर्यटक स्तरीय होटल हो ।
यहाँबाट उत्तर तर्फ देखिने हिमालका लहर अनि दक्षिण तर्फ देखिने हरियाली बिशाल फाँटहरुले मुस्कुराउँदै पर्यटकलाई लोभ्याउने गर्दछ। एतिहासिक स्थानमा रहेको होटल घ्याम्पे डाँडा थ्रि स्टार बर्गको होटल हो।
सुबिधा सम्पन्न यस होटलका प्रत्यक रुमबाट हिमाल हेर्दै चियाको चुस्की लिदैँ आन्नद लिन सक्नुहुनेछ। काठमाडौं उपत्यकाबाट निजिकै यस होटलबाट नजिकै रहेको पाइलट बाबा आश्रम, रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वर लगायतका क्षेत्रमा हाइकिंग गर्न सकिन्छ।
३७ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको द ग्राण्ड गुण्डु रिसोर्टको शिलन्यास गरिएको छ। शिलान्यास पछि बोल्दै संघीय संसदका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भईरहदाँ सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेसंगै पर्यटन व्यवसायीहरु उत्साहित भएको बताए।
नौ वटा हिमश्रंखलादेखि काठमाडौं उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा, रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वर लगायतका क्षेत्र नयाँ पर्यटकीय आकर्षक गन्तव्य बनेको बताए।
यस क्षेत्र सूर्यविनायकदेखि गुण्डुहुदै र सूर्यविनायकदेखि गणेश मन्दिर हुदै आउने दुईवटा ८ देखि ११ मिटरसम्मको चौडा भएको सडक निर्माण सम्पन्न भईसकेको बताउदै उनले भने, ‘अबको दुईवर्षमा सबै सडक कालोपत्र गर्छौ, यहाँ आवश्यक खानेपानीदेखि अन्य पूर्वाधारहरु मेरै पहलमा पूर्णता गर्छु, अब व्यवसायीले ढुक्कसंग लगानी गर्नुस्।’