© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
सोलुखुम्बु। संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यववसायी उत्साहित बनेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ थुक्लास्थित थबोचे पीक अघि रमाउँदै पर्यटक ।
समुन्द्री सतहबाट ४ हजार ६२० मिटरको उचाइमा अवस्थित यस ठाउँमा पर्यटकहरू भ्रमणका लागि पुग्ने गर्दछन् । कोभिडका कारण दुई वर्ष यता पर्यटक आवगमन ठप्प जस्तै बनेको खुम्बुमा यसवर्ष सुरुवातै चरणबाटै पर्यटक आउन थालेका छन्।