© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । नेपालमा विदेशी पर्यटक संख्या बढ्दा होटलहरूको नाफामा सुधार देखिएको छ ।
सेयर बजारमा सूचीकृत सबै होटलले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार होटलहरूको खुद नाफा गत वर्ष सोही अवधिको तुलनामा औसत ४८ प्रतिशत बढेको छ ।
होटल तथा पर्यटन समूहका बजारमा ६ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालनबापत सेवा शुल्क हो । तर, अन्य चार कम्पनी सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापार भनेको होटल व्यवसाय हो । तीमध्ये सिटी होटल नोक्सानीमा छ भने अरू सबै कम्पनी नाफामा छन् ।