रिसोर्ट खबर

धुलिखेलमा “दुसित थानी हिमालय रिसोर्ट एण्ड स्पा”

६ फाल्गुन २०८०, आईतवार ०४:३५

काठमाडौं। काठमाडौंबाट पूर्वतर्फ नजिकै रहेको धुलिखेल पर्यटन हब बन्दै गएको छ। विशेषगरी सूर्योदय अवलोकन गर्ने र राजधानी सहरको कोलाहलबाट अलग भएर प्राकृतिक वातावरणमा रम्न चाहनेका लागि धुलिखेल सहज र राम्रो गन्तव्य मानिन्छ।

काभ्रेको धुलिखेलमा ‘दुसित थानी हिमालयन रिसोर्ट’ वरपरको प्राकृतिक सौन्दर्य देख्न सकिने रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ । करिब दुई अर्ब ५० करोड लगानी भएको रिसोर्ट सन् २०२१ मै सञ्चालनको तयारी थियो ।

दुसित थानी रिसोर्टमा मुख्य लगानी विदेशी साझेदार कम्पनी ओमस्टोन एसियाको रहेको छ । गैरआवासीय नेपाली संघ, थाइल्यान्डका पूर्वअध्यक्षसमेत रहेका हमाल नेपाली साझेदार हुन् । उनैको पहलमा चेन होटेल ब्रान्ड दुसित थानी नेपाल भित्रिएको हो । ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट निर्माणमा करिब दुई अर्ब ५० करोड लगानी भएको जनाइएको छ । दुसित थानीको प्रवेशसँगै नेपालको लक्जरी पर्यटनमा नयाँ आयाम थपिएको छ ।

बौद्ध तीर्थस्थल नमोबुद्ध नजिक रहेको रिसोर्ट काठमाडौंबाट करिब डेढ घण्टाको दूरीमा छ । थाइल्यान्डको होटल तथा भवन निर्माणमा कम्पनी दुसित इन्टरनेसनलले पूर्ण व्यवस्थापन गरेको रिसोर्टमा थाई अतिथि संस्कारलाई स्थानीय संस्कृति परम्परासँग मिश्रण गरिएको छ । थाई भाषामा दुसितको अर्थ स्वर्गमा सहर ‘टाउन इन हेवन’ भन्ने हुन्छ ।

उनका अनुसार यो रिसोर्ट दुई अर्ब ५० करोड रूपैयाँ लगानीमा बनेको हो। दुसित थानीकै व्यवस्थापनमा चल्ने यो रिसोर्टको बनावट पनि थाइल्यान्डकै शैलीमा छ। यहाँ झट्ट हेर्दा खरको जस्तो देखिने छानो लगाइएको छ।

यसले पनि रिसोर्टको शोभा थप बढाएको छ। विभिन्न मुलुकमा हस्पिटालिटी सेवा प्रदान गरिरहेको दुषित थानीको सेवा अब धुलिखेलमा पनि पाइने भएको हो।’

दुसित थानीको खास विशेषता भनेको ‘बटलर’ सुविधा हो। यसअन्तर्गत कुनै पनि पाहुनाका लागि होटलले एक समर्पित व्यक्ति उपलब्ध गराउनेछ। बटलरलाई होटलले छुट्टै तालिम दिएको हुन्छ।

‘रिसोर्ट आएदेखि बसुन्जेलसम्म पाहुनालाई एक जना कर्मचारीले यस्तो सुविधा दिनेछ। लामो र छोटो पदयात्रा, हिमाल आरोहण वा अन्य कुनै साहसिक पर्यटनमा जान चाहन्छ ।